महेन्द्रनगर । पत्रकारमाथि भएको धरपकड र गिरफ्तारीको विरोधमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आन्दोलन गरेको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार बिहान पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको धरपकड तथा दबाबको विरोध गरेका छन्।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा अध्यक्ष सुृरेश धामीले मिडिया हाउसको गेटमा गाडी तेस्र्याएर राख्ने, सञ्चारमाध्यममा धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोक कल्याणकारी विज्ञापनको रकम काट्ने तथा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने कार्यको विरोध गरिएको बताउनु भयो ।
त्यस्तै, सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी बन्द गर्न पनि महासंघले माग गरेको छ । उहाँले आफना मागहरु सुनवाइ नभए आन्दोलन जारी रहने पनि बताउनु भयो ।
Comments are closed.