नगरपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरबाट खबरदारी गर्न शुरु

नगरपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरबाट खबरदारी गर्न शुरु
महेन्द्रनगर, १२ भदौ
कञ्चनपुरको बेदकोट नगरपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरबाट खबरदारी गर्न शुरु गरिएको छ । जनबाहिनी नेपालको अगुवाईमा भ्रष्टाचार विरुद्ध खबरदारी सुरु गरिएको हो । शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ६ मा भ्रष्टाचार विरुद्ध खबरदारी गरिएको छ । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले बेदकोट नगरपालिकाका विभिन्न विकास निर्माणमा भ्रष्टाचार गरिएको हुदा खबरदारी गरिएको बताउनु भयो ।
शुक्रवारदेखि खबरदारी गर्न सुरु गरिएको बताउदै संयोजक ओझाले यसलाई निरन्तरता दिने बताउनु भयो । कञ्चनपुरको बेदकोट नगरपालिका ६ चुनेपानीमा निर्माण गरिएको गौशालामा समेत भ्रष्टाचार गरिएकाले यहींबाट खबरदारी सुरु गरिएको उहाले बताउनु भयो । वेदकोट नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष फट्टे रानाको उपस्थितिमा खबरदारी गरिएको हो । जनवाहिनी नेपालका संयोजक ओझाको नेतृत्वमा केही दिन अघि बल्मा पुल निर्माण ढिलासुस्ती विरुद्ध खबरदारी गरिएको थियो । खबरदारीका क्रममा भ्रष्टाचार र जनजीवनसंग जोडिएका विषयलाई प्राथमिकता दिइएको उहाले बताउनु भयो । गौशाला निर्माण, चौधरा नदी नियन्त्रण, वन संरक्षण, आरक्ष पीडितका समस्या लगायतका विषयमा खबरदारी गरिएको संयोजक ओझाले बताउनु भयो । संयोजक ओझाले बेदकोट स्थानीय सरकार आफ्नो क्षेत्राधिकार बाहिरका विषयलाई फेसबुकमा प्रचार गरी अलमलिएको बताउनु भयो । खबरदारी कार्यक्रममा सहभागीहरुले बेदकोट स्थानीय सरकार विकास निर्माणमा असफल भएको भन्दै घाँडीघाँच क्षेत्रका वासिन्दालाई खानेपानी उपलब्ध गराउन संघ र प्रदेश सरकारसित पहल गर्नेमा जोड दिइएको छ । जनबाहिनीका संयोजक ओझाले सुदूरपश्चिम प्रदेश सरकारले चौधरी नदी नियन्त्रणका लागि आएको बजेटमा व्यापक अनियमितता गरिएको बताउनु भयो ।

 स्थानीय तह निर्वाचनपछि बेदकोट नगरपालिकामा भूमाफिया र तस्करहरुको हालीमुहाली बढेको कार्यक्रममा सहभागीहरुको भनाई थियो । उहाहरुले स्थानीय सरकारले त्यस्ता समूहलाई संरक्षण दिएको आरोप लगाएका छन् । जनवाहिनीका संयोजक ओझाले बेदकोट नगरपालिकामा रोयल्टीको ४० लाखमा हिनामिना र दुई किलोमिटर बनाउन ४० लाख भुक्तानी दिएको लगायतका आर्थिक अनियमिताका गुनासो बाहिर आएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.