कोराना भाइरस फैलिएसँगै नेपाल प्रवेश गरेका सुदूरपश्चिमका नेपालीहरु मजदुरी गर्न फेरि जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि पश्चिमी सीमा नाका गड्डाचौकीबाट दैनिक सयौ नेपालीहरु भारत तर्फ गइरहेका छन् ।
नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएकाले भारत जान बाध्य भएको उनीहरुले बताए ।
राज्यले भारतबाट फर्केका हरुका लागि राहतका कुनै कार्यक्रम ल्याउन नसक्दा भोकले भन्दा रोगले मर्नु जाति भन्दै उनीहरु भारत तर्फ फर्केका हुन् ।
भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागी भारत गईरहेका नेपालीहरु सिमाक्षेत्रमा भेटिएका छन ।
नेपालमा पाँच महिना बस्दा भारतबाट मजदुरी गरी ल्याएको पैसा सकिएको र अब पैसा आउने बाटो नभएकाले धेरै समस्या भएको उनीहरुले बताए ।
पछिल्लो समय भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेको भएपनि भारत पस्न बाध्य छन् । भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले आधार कार्डका आधारमा भारत पठाउने गरेका छन् ।
नेपालबाट पठाइएका यात्रुको भारतीय पक्षले समेत स्वास्थ्य परीक्षण गरी जान दिने गरेको छ । यात्रुसँग भएको आधार कार्यका आधारमा नेपालीहरु सीमा क्षेत्रबाट भारत तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।
Comments are closed.