सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहनु भएका हरिश चन्द्र बागको संयोजकत्वमा कञ्चनपुर जिल्ला समिति गठन गरिएको हो । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक उमीद बागचन्दको प्रमुख आतिथ्यमा शनिबार भर्चुअल माध्यमबाट आयोजित भेलाले गठन गरेको जिल्ला समितिको सहसंयोजकमा प्रदेश सदस्य समेत रहनु भएका भाष्कर केसी र सचिवमा धर्मा कुमारी रोकाया चयन हुनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कञ्चनपुर जिल्ला समिति सदस्यहरुमा निर्मला सुनार, किशोर तामाङ, प्रेमा आचार्य, पहिलाद राना, विकास सिंह महता, अर्जुन सिंह र राजेन्द्र बिष्टलाई चयन गरिएको छ । उक्त बैठकले सल्लाहकार समिति संयोजकमा अमिर तिरुवा (दोधारा चाँदनी) तथा सल्लाहकार सदस्यहरुमा दीपेन्द्र बस्नेत र राजेन्द्र पनेरुलाई चयन गरेको छ ।
केही सदस्य पछि थप गरी जिल्ला कार्यसमिति र सल्लाहकार समितिलाई पूर्णता दिइने बताइएको छ । जिल्ला समितिले पूर्णता पाएसंगै पालिका स्तरीय समिति पनि गठन गरिने छ । सुदूरपश्चिम प्रदेशमा अछाम पछि कञ्चनपुरमा जिल्ला समिति गठन गरिएको सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, सुदूरपश्चिम प्रदेश सदस्य सचिव रमा भट्टराईले जानकारी दिनुभयो ।
अन्य जिल्लाहरुमा समेत यथाशीघ्र सञ्जाल विस्तार गरिने सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका सुदूरपश्चिम प्रदेश संयोजक प्रेम ढुंगानाले बताउनु भएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रीय संयोजक उमिद बागचन्दले सूचनाको हकलाई कार्यान्वयन गर्न, थप बलियो बनाउन, नागरिक मैत्री बनाउन र कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो ।
Comments are closed.