नेपाली काग्रेसको नगर स्तरीय वृहत कार्यकर्ता भेला सम्पन्न
महेन्द्रनगर, ९ पौष
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काग्रेसको नगर स्तरीय वृहत कार्यकर्ता भेला बिहीवार सम्पन्न भएको छ । पुर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एनपी साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा संविधान सभा सदस्य बहादुरसिंह थापा, पुर्वमन्त्री गोविन्द शाह, सुदुरपश्चिम प्रदेश सभा सदस्यद्धय देवराज पाठक र श्यामलाल राना, कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य साउदले जनताले नेकपालाई मत दिएर ५ वर्षको समय दिएको तथा प्रतिपक्ष दलले समेत सहयोग गरी रहेका बेला नेकपाको पार्टी भित्रको आन्तरीक कलहले गर्दा देश नै अफ्ठ्यारो अवस्थामा पुगेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कार्य गरेर देशलाई दुर्घटनातर्फ धकेल्नु भएको बताउदै पुर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य साउदले यसले गर्दा वर्तमान व्यवस्थाप्रति नै जनताहरुको वितृष्णा बढ्न सक्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बहादुरसिंह थापाले नेकपा नेतृत्वको सरकारले जनचाहाना अनुरुप काम गर्न नसकेको बताउदै संसद विघटन गर्ने कार्यले झनै जनतामा निराशा छाएको बताउनु भयो । कैलालीको धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेको कामको नेकपाकै कार्यकर्ता तथा जनताले विरोध गरी रहेका बताउनु भयो ।
Comments are closed.