नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पार्टी एकता जोगाउन भन्दै कञ्चनपुरमा युवाहरुद्धारा दबाबमुलक ¥याली प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता जोगाउन भन्दै कञ्चनपुरमा युवाहरुले दबाबमुलक ¥याली प्रदर्शन गरेका छन् । संसद विघटनको निर्णय पश्चात दुई समुहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने तथा फुटको राजनीति गर्नुको सट्टा देश र जनताको पक्षमा नेताहरुले काम गर्नूपर्ने माग गर्दै राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा आवद्ध युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा दबाबमुलक ¥याली प्रदर्शन गरेका हुन् ।
पार्टी एकता कायम गर, संवैधानिक कु को अन्त्य गर लगायतका विभिन्न नाराहरु लगाउदै दबाबमुलक ¥याली निकालिएको हो । सो दबाबमुलक ¥यालीमा केपी शर्मा ओली समुहका पक्षधर तथा माधव नेपाल र प्रचण्डको समुहका पक्षधर युवाहरुको सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले व्यक्तिगत स्वार्थमा लागेर देशलाई अफ्ठ्यारोमा पार्नुको सट्टा पार्टी एकतालाई जोगाई देशमा राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
Comments are closed.