कैलालीको धनगढी उप–महानगरपालिकाद्धारा सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना

 

 कैलालीको धनगढी उप–महानगरपालिकाले सोमबार सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा रहेको छ । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम सोही कार्यालयबाट संचालन हुने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताउनु भयो ।

  धनगढी उप–महानगरपालिकाले कानुनमा ब्यबस्था भए अनुसार स्थानीय तहको सहजीकरण समितिले काम थालेको बताउदै नगरप्रमुख नृपबहादुर वडले नगरमा रहेका भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने बताउनु भयो । नगरप्रमुख वडले बिवाद रहित ढंगले काम थाल्न इकाईमा खटिएका कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

  धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन, प्रमाणिकरण र लालपुर्जा हस्तान्तरण गर्ने कार्यमा सबै पक्षको सहयोग आवश्यक भएको बताउनु भयो । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गर्ने काम चाडै अगाडी बढाईने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.