कञ्चनपुरमा कुटपिट गर्दै एक बृद्धको हत्या गरिएको छ । भीमदत्त नगरपालिका २ बस्ने ७६ वर्षीय प्रेम थापाको हत्या गरिएको हो ।
घरायसी विवादका क्रममा ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुन थापाले बृद्धको हत्या गरेका हुन् । उनीहरु दुवै जना मृतक बृद्धका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ ।
माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर बनाएको र उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।
अहिले बुहारी र नातीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको उनले बताए ।
Comments are closed.