कैलालीको धनगढी उप–महानगरपालिका वडा नं ७ को वडा कार्यालय भवनको शनिवार शिलान्यास

 कैलालीको धनगढी उप–महानगरपालिका वडा नं ७ को वडा कार्यालय भवनको शनिवार शिलान्यास गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरेका हुन । निर्माण भरहेको वडा कार्यालय भवन एक वर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।

 नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरुमध्ये अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताउनु भयो । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताउनु भयो । वडा कार्यालय व्यवस्थित नभए सम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउदै नगरप्रमुख वडले त्यसकारण धनगढी उपमहानगरपालिकाले पूर्वाधार निर्माण प्राथमिकतामा पारेको बताउनु भयो ।

 धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालय निर्माणलाई उप–महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो । कार्यालय नै व्यस्थीत भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन नसक्ने बताउदै उप–प्रमुख भट्टले आफुहरुले वडा कार्यालयका आफ्नै भवनहरु निर्माण गर्न सुरु गरेका बताउनु भयो । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सिताराम रानाले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीयसंग अनुरोध गर्नु भयो ।

सम्बन्धित

Comments are closed.