धनगढीस्थित सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिका ५ की ५५ वर्षीया सावित्री चौधरीको ४ सेन्टिमिटर लामो ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको हो । न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढालगाएतको टिमले निरन्तर तीन घण्टा लगाएर शल्यक्रिया गरेको हो ।
‘‘बिरामीलाई बेहोस अवस्थामा ल्याइएको थियो, बायाँ सरिर चल्न छोेडेको थियो। सिटी स्क्यान र एमआरआई गर्दा दिमागमा ट्युमर देखियो’, डाक्टर सापकोटाले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रियापछि होसमा आउनु भएको छ।्, दुईवटै हात उठाउनुहुन्छ । आफ्नै हातले खाना खाइरहनुभएको छ । यो भनेको मोडिकल्लली निकै सुधार भएको अवस्था हो।’
प्रत्येक १० हजार मानिस मध्ये १–२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाइन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । चिकित्सकका अनुसार ट्युमर पलाउन थालेपछि टाउको दुख्छ ।
Comments are closed.