सुदुरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ७२ जनाको स्वाबको नमूना परीक्षण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका ४ जना, टिकापुर नगरपालिकाका २ जना, गोदावरी नगरपालिकाका २ जना, धनगढी उप–महानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना र कृष्णपुर नगरपालिकाका १ जनामा संक्रमण पुस्टि भएको हो । यस्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुषको ज्यान गएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक जनाको ज्यान गएको हो । ती पुरुषको सोमबार विहान ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
Comments are closed.