डडेल्धुरामा जारी निषेधाज्ञाको अवधि थप गरियो,

 डडेल्धुरामा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । यस अघि यही जेठ १५ गते राती १२ बजेसम्म जारी निषेधाज्ञा यही जेठ २२ गते राती बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरामा अझै पनि नयाँ भेरियन्टको कोभिड १९ महामारीको संक्रमण बढि रहेको हुदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरका (मन्त्रिपरिषद्) को निर्णय, कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञाको अवधि थप गरिएको हो ।

 निषेधाज्ञाको अवधिमा औषधी तथा स्वास्थ्य सामाग्रीका पसलहरु बाहेक अन्य पसल हाललाई बन्द रहनेछन् भने खाद्यान्न सामाग्रीका पसलहरु (अमरगढी नगरपालिका र भागेश्वर गाउपालिकाको हकमा मात्र) साताको तीन दिन (आइतवार, मंगलवार र बिहीवार ) बिहीबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खुला गरीने भएको छ । अन्य पालिकाहरुको हकमा भने जेठ ३ गते जारी आदेश बमोजिम हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेबाट जारी आदेशमा भनिएको छ । साथै अत्यावश्यक उपभोग्य सामाग्रीहरुको कृत्रिम अभाव देखाई मुल्यवृद्धि, कालोबजारी वा जम्माखोरी गर्ने, लुकाउने वा आपुर्तिमा अवरोध सृजना गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने समेत डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेबाट जारी आदेशमा उल्लेख गरिएको छ ।

सम्बन्धित

Comments are closed.