सुुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा पछिल्लो समय कमी,

 सुुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा पछिल्लो समय कमी आएको पाइएको छ । कैलाली, कञ्चनपुर सहित सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा निशेधाज्ञा जारी गरीको र अत्यावश्यक बाहेकका सवारी साधनहरुको आवतजावत नहुँदा सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा कमी आएको हो । सुदुरप्िश्चम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार वि.सं. २०७७ सालको माघ महिनामा सुदुरपश्चिम प्रदेशमा ८१ वटा सवारी दुर्घटना घटेका थिए, यस्तै फागुनमा ५७ वटा सवारी दुर्घटना घटेका थिए भने चैतमा ३९ वटा सवारी दुर्घटना घटेका छन् ।

 यो सङ्ख्या घटेर यो बर्ष २०७८ साल बैशाख महिनामा ३० वटा सवारी दुर्घटना घटेका छन् । गएको बैशाख महिनामा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा निशेधाज्ञा लागु गरिएको थियो त्यसयता जेठ महिनाको सवारी दुर्घटनाको पुर्ण तथ्याङ्क आइ नसकेपनि यो महिना जेठमा सवारी दुर्घटनाको सँख्यामा अँझै कमी आउने सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.