कञ्चनपुरमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्य शुरु भएको छ । तोकिएका वडाका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो ।
५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयले बतायो ।
खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यी स्थानीय तहहरुमा भोली पनि खोप अभियान जारी रहनेछ ।
Comments are closed.