कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा भारतीय नम्बर भएको जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा DL1ZC 4754 नम्बरको भारतीय जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ६५ बर्षीय तारा नाथको घटनास्थलमै ज्यान गएको हो ।
आइतबार बिहान करिब ६ बजेको समयमा, बाणी देखी झलारी तर्फ आइरहेको उक्त जीपले स्थानीय नाथलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएको उक्त स्थानमा स्थानीयहरुले बिहानै देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध समेत गरेका छन ् । यसैगरी उक्त जीप र चालकलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो ।
Comments are closed.