बेदकोटमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द

बेदकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । बेदकोट नगरपालिकाका कर्मचारी,जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि भोलीदेखी ६ दिनका लागि नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका हुन् ।

नगरपालिकाले मंगलवार एक सुचना जारी गर्दै कर्मचारी,जनप्रतिनिधि संगै नागरिकहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु भोली माघ १२ गतेदेखी १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

No description available.

कार्यालयबाटै कोभिड सङ्क्रमण फैलिने डर रहेकाले संक्रमणबाट जोगिन तथा जोगाउन कार्यालय तथा मातहतका निकायबाट दिइने अति आवश्यक  बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको  प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिए।

सम्बन्धित

Comments are closed.