सुदूरपश्चिम प्रदेशमा ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ४ सय ८५ जनाको एन्टिजेन र ३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा आज ६१४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये १०४ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन् ।

यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७५३ जना सक्रिय संक्रमित पुगेका छन् ।

सम्बन्धित

Comments are closed.