नेपाली काग्रेसका केन्द्रिय सदस्य, केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री एनपी साउदले अमेरिकी सहयोग परियोजना एमसीसीलाई कम्युनिष्टहरुले राजनीतिक मसाला बनाउन खोजेको बताउनु भएको छ । कञ्चनपुरको निवार्चन क्षेत्र नम्बर २ प्रदेश क को नेपाली काग्रेसको पार्टी कार्यालयको उद्धघाटन कार्यक्रममा शनिवार बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।
कम्युष्निट पार्टीका नेताहरुले आफु सरकारमा रहदा एमसीसी पास गर्नुपर्छ भन्ने र प्रतिपक्षमा रहदा पास गर्नुहुदैन् परिस्थिति परिवर्तन भएको छ भन्नु उपयुक्त नहुने बताउदै उहाले आफ्नो पार्टी नेपाली काग्रेस एमसीसी नेपालको हितमा रहेकाले पास गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । विगतमा केपी शर्मा ओली, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालको नेतृत्वमा रहेका सरकारहरुले पनि एमसीसी परियोजनालाई अघि बढाउन भन्दै प्रक्रिया थालेका स्मरण गराउदै नेपाली काग्रेसका केन्द्रिय सदस्य, केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री एनपी साउदले सोही प्रक्रियालाई अहिले नेपाली काग्रेसले पनि अघि बढाउन खोज्दा एमसीसीको विरोध भइ रहेको बताउनु भयो । एमसीसी नेपालको हितमा छ कि छैन् भनेर निर्णय गर्ने अधिकार संसदलाई भएको बताउदै उहाले सडक र आमसभामा बोलेर यसबारे निर्णय नहुने बताउनु भयो ।
साथै नेपाली काग्रेसका केन्द्रिय सदस्य, केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री एनपी साउदले जनताका प्रतिनिधीहरु रहेको संसदले एमसीसीबारे निर्णय गर्न पाउने अधिकार रहेको बताउदै जनताका प्रतिनिधी सासंदहरुले एमसीसीबारे आफ्नो मत राख्न पाउनुपर्नेमा जोड दिनु भयो । नेपालको अन्र्तराष्ट्रिय सम्बन्धलाई मजबुत बनाउनका लागि सबै सरोकारवालाहरुको साथ आवश्यक हुने समेत उहाले बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य, केन्द्रिय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरमा रहेका आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि वर्तमान सरकारले पहल गरी रहेको र चाडै आरक्ष पीडितहरुको समस्या समाधान हुने बताउनु भयो । आरक्ष पीडितहरुको समस्या समाधानका लागि गठन गरिएको कार्यदलले केही दिनमा नै प्रतिवेदन सार्वजनिक गर्ने र सोही अनुसार समस्या समाधान हुनेमा उहाले जोड दिनु भयो । कञ्चनपुरको निवार्चन क्षेत्र नम्बर २ प्रदेश क का नेपाली काग्रेसका सभापति झंकर खड्काको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी, प्रदेश सहमहामन्त्री चिन्तामणि भट्ट, नेपाली काग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, उपसभापति मीन बहादुर सिंह, जिल्ला कमिटी सचिव भीमराज भट्ट, कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काग्रेसका क्षेत्रीय सभापति लाल बहादुर सिंह लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
Comments are closed.