कञ्चनपुरको भीमदत्त नगरपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा आइतवार पत्रकार खेम भण्डारीले उजुरी दर्ता गराएपछि कागज नियन्त्रणमा लिइएका हुन् । पत्रकार भण्डारीले १० वटा पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानूनअनुसार डिपिआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दावी गर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले भीमदत्त नगरपालिकालाई पत्र काटेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताउनु भयो ।
Comments are closed.