भारतीय वन विभागले नेपाली भूमिमा वृक्षारोपण गर्न खोजेपछि……

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ जनुमनाघाडीमा भारतीय वन विभागले नेपाली भूमिमा वृक्षरोपण गर्न खोजेपछि उत्पन्न भएको विवाद साम्य भएको छ । सीमा सर्भे टोलीले निरीक्षण नगर्दासम्म भारतीय वन विभागका कर्मचारीले वृक्षरोपण नगर्ने जनाएपछि सीमा विवाद साम्य भएको हो ।

भारतीय वन विभागका कर्मचारीसँग संयुक्त सर्भे टोलीले निरीक्षण गरि सीमा एकिन नगर्दासम्म नेपाली भूभागतर्फ वृक्षरोपण नगर्ने सहमति आइतबार भएको सशस्त्र प्रहरी बल, ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए ।

भारतीय वन विभागले दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीमा नेपाली भूमि अतिक्रमण गरेर वृक्षरोपण गर्न खोजेपछि विवाद भएको थियो । विवादित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे,सशस्त्र प्रहरी उपरीक्षक ऐर, प्रतिनिधिसभा सदस्य डा दिपकप्रकाश भट्ट, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुलगायतको टोलीले निरीक्षण गरेका थिए।

सम्बन्धित

Comments are closed.