कैलालीमा मोटरसाइकल दुर्घटना हुदा चालकको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीप संग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक जुम्लाको तातोपानी गाउपालिका – १ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको ज्यान गएको हो । सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.