डोटीको पूर्वीचौकी गाउपालिका वडा नं. ७ कतरकुडीका ६० वर्षीय कैलाश ढोलीको शव भेटिएको छ । गएको ३ गते देखि हराई रहेका ढोलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
पूर्वीचौकी गाउपालिका – ७ कतरकुडीमा रहेको चिउरीलेकको जङ्गलमा उहाको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोला भट्टले जानकारी दिनुभयो ।
बेपत्ता भएका कैलाशका विषयमा आफन्तले प्रहरीलाई खबर नगरेको र शव पनि आफन्तले नै फेला पारेकाले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
Comments are closed.