सुदूरपश्चिमको महान पर्व गौराको रौनकता बढदै

सुदूरपश्चिमको महान पर्व गौराको रौनकता बढदै गएको छ । कामका लागि बाहिर रहेकाहरु समेत घर फर्किने क्रम शुरु भएको स्थानीयहरुले बताएका छन् । गौराको बेला घर परिवारका सदस्यहरु एकै ठाउमा जमा भएर मनाउने प्रचलन अनुसार घर बाहिर रहेकाहरु घर फर्कने क्रम चलि रहेको छ । गौरा एकादशी पछि पहिला पहिला गाउ गाउमा ठाडो खेल, ढुस्को धमारी लगायतका सांस्कृतिक खेलहरु हुने भएपनि पछिल्लो समयमा भने लोप हुदै गएको पाइएको छ ।

गौराको समयमा नयँ लुगा लगाउने, मिठो मसिनो खाने पहिला देखिकै चलन रहेकोले गाउ घरमा चहल पहल बढ्न थालेको छ । हरेक बर्ष भाद्र कृष्ण अथवा शुक्ल पक्षको पञ्चमी बाट गौरा पर्वको शुरुवात गर्ने गरिन्छ । कुनै बर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा पर्दछ भने कुनै बर्ष भाद्र कृष्ण पक्षमा पर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । गौराको समयमा विवाहित महिलाहरुले ब्रत उपासना गरेर शिव पार्वतीको पूजाआजा गर्ने चलन रही आएको छ ।

महेश्वर र गौराको पूजाआजा गरेर गौरा पर्व मनाउने गरिन्छ । ब्रतालु महिलाहरुले पञ्चमी देखि दुर्वाष्टमी अर्थात अठ्यावाली सम्म गौराको पूजन गर्ने गर्दछन् । सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी लगायतका पहाडी जिल्लाहरुमा गौरापर्व मनाउने चलन रही आएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायका नागरिकहरुले पनि तराइमा गौरा मनाउने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.