डोटीको ४८ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण

डोटीको ४८ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सम विकास केन्द्र डोटीले सहयोग गरेको शैक्षिक सामग्री सायल गाउपालिकाका अध्यक्ष धर्मराज जोशीले एक समारोह बीच मुक्त हलिया बाल बालिकाका अभिभावकलाई हस्तान्तरण गरेका हुन् ।

वितरण गरिएका शैक्षिक सामग्री बाट मुक्त हलिया परिवारका बाल बालिकाको पढाईमा सहज हुने गाउपालिका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो । विद्यालय छोडने विद्यार्थीमा मुक्त हलिया समुदायका बाल बालिकाको संख्या धेरै भएको कारण पनि पढाईको निरन्तरताका लागि मुक्त हलियाका बाल बालिकालाई सहयोग प्रदान गरिएको सम बिकास केन्द्र नेपालका अध्यक्ष अधिराज बीसीले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.