बैतडीमा अवैध रुपमा पेट्रोल तथा डिजेल विक्रि हुने गरेको छ । पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलहरुमा राखेर पेट्रोल र डिजेल विक्रि हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । धनगढी तथा डडेल्धुरा बाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा विक्रि गर्ने गरिएको स्थानीयबासीले बताएका छन् । पेट्रोलियम पदार्थको खुला रुपमा विक्रि वितरण भइरहेको भएपनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो बढ्दै गएको छ ।
जिल्लामा एक सय भन्दा बढी व्यापारीले यसरी नियम विपरीत अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइ रहेका छन् । बैतडीको सतबाझमा एक मात्रै भण्डारी आयल स्टोर रहे पनि व्यापारीहरूले अवैध रूपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडा लगायतका सबै बजारमा दर्जनौ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको स्थानीयले बताएका छन् ।
पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ विक्रि वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा विक्रि गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी तबरले असुल्ने गरेको पाइएको छ । पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउदा बाहिर बाट किनेर हाल्नु पर्ने बाध्यता रही आएको स्थानीय प्रकाश बिष्टले बताउनु भयो । प्रशासनले बेलाबेला यो समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिले सम्म समस्या समाधान नभएको बताइएको छ ।
Comments are closed.