बैतडीमा जंगली जनाबर मकै बाली खाएर सखाप पारि रहेका छन । रातीको समयमा बदेल र दिउसो बादर आएर मकै बाली खान थालेपछि किसानहरुलाई मकै बाली बचाउन समस्या परेको छ । जंगली बंदेल र बँदरहरुले मकैबाली सखाप पारेपछि किसान निकै चिन्तीत बनेका छन् ।
मिहेनत गरेर लगाएको मकैबाली जंगलि जनावरले सखाप पारेपछि भोक मरीको चिन्ता बढेको किसान दामोदर भट्टले बताउनु भयो । पहरा नबसेको समयमा जंगली बंदेल र बादरले आएर मकै खाने गरेको स्थनीय धौल सिंह धामीले बताउनु भयो ।
सुर्नयामा मात्रै नभइ जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा पनि जंगली जनावरले मकै बाली सखाप पारेको बताइएको छ । प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती नदिने गरेको किसानहरुको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार बैतडीको १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुने गरेको छ ।
Comments are closed.