कैलालीको टीकापुर क्षेत्रमा बाढी पस्न सक्ने खतरा

कैलालीको टीकापुर क्षेत्रमा बाढी पस्न सक्ने खतरा बढेको छ । टीकापुर नगरपालिका वडा नं.८ का स्थानीय बासिन्दा नदी गाउ बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्ध निर्माण गरि रहेका छन् । वनगाउ स्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० जना स्थानीय बासिन्दा तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार दिन देखि स्थानीय स्तरमा पाइने झालापाता, बँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको लागि अस्थायी तटबन्ध गरिहेका छन ।

स्थानीयले उच्च जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् । स्थानीय बडघर राम प्रसाद चौधरीले कर्णाली नदी फुटेमा टीकापुरको वडा नं ८ पूरै डुबानमा पर्ने बताउनु भयो । बडघर वनगाउ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउ, कर्मीडाडा, रामडँडा, सत्तीपुल र वडा नं ९ को पायल गाउ समेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेको जानकारी दिनुभयो । तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी–जमरा–कुलरिया सिचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् ।

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउमा नदी फुट्दा वडा नं ८ पूरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्तीमा पस्दा बाढीपछि रानी–जमरा–कुलरिया सिचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्किदै छ । यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेको वडा नं ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले बताउनु भयो । वडा अध्यक्ष ठकुल्ला यहँका नागरिकलाई हरेक वर्ष वर्षातमा बाढीको त्रासमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.