पुर्नवास नगरपालिकामा नागरिक वडापत्र छैन

कञ्चनपुरको पुर्नवास नगरपालिकामा नागरिक वडापत्र राखिएको छैन । नगरपालिका कार्यालयको भवन निर्माण भएको करिब पँच वर्ष पुग्दा समेत नागरिक वडापत्र राखिएको छैन । नागरिकहरुलाई सेवा प्रवाहमा कुनै कमी नहोस् र नागरिकहरु जवाफदेही बनुन् भन्ने उद्देश्यले कार्यालयको बाहिर पट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम छ ।

नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउमा विभिन्न गैर सरकारी संस्थाको आफ्नै जानकारी मूलक फ्ल्याक्स बोर्ड राखेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले वालमै लेख्ने भनेर तयारी पूरा भइसकेको र भवनकै वालमा प्रिन्ट गर्ने, नभए फ्ल्याक्स प्रिन्ट भए पनि केही दिनमै टास्ने उहाले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.