कैलालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारी माथि मुद्दा चलाएको छ । मोहन्याल गाउपालिकाको छैठौं तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही संग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
क्षेत्री विरुद्ध ४४ हजार रुपैया बिगो कायम गरी मुद्दा चलाएको हो । आयोगले सेवाग्राही बाट घुस लिइ सकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो । आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राही सग घुस माग गरी १४ हजार रुपैयँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए ।
त्यस अतिरिक्त आयोेगले ३० हजार रुपैयँ अभियुक्तको साथ बाट बरामद गरेको थियो । आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिमाना र कैद सजाय हुने माग दाबी सहित अभियोग पत्र दायर गरेको हो । अदालत बाट घुस लिएको ठहरिएमा अभियुक्तले राज्य बाट प्राप्त हुने सेवा सुविधा पेन्सन नपाउने भएका छन् ।