सुदूरपश्चिमको ५ जिल्लामा कोरोना विरुद्धको खोप अभियान सुरु हुने

सुदूरपश्चिमको ५ जिल्लामा बाल बालिका लक्षित कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ । बैतडी, दार्चुला, अछाम, डोटी र बाजुरामा ५ देखि १२ वर्ष मुनिका बाल बालिका लक्षित खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताउनु भयो ।

फाइजर खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको भट्टले बताउनु भयो । सरकारले दोस्रो चरण अन्तर्गत सुदूरपश्चिमको ५ जिल्ला सहित ५० जिल्लाका बाल बालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गर्दैछ । भदौ ५ गते देखि ११ गते सम्म पहिलो मात्रा र भदौ २७ गते देखि असोज १ गते सम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.