दार्चुलाको विभिन्न ठाउका स्थानीय सडक अवरुद्ध

दार्चुलाको विभिन्न ठाउका स्थानीय सडक अवरुद्ध भएका छन् । दुहु र ब्यास गाउपालिकालाई सदरमुकाम जोड्ने खलंगा – टिंकर सडक ठाउ – ठाउमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदा यातायात ठप्प भएपछि स्थानीयबासी जोखिम मोलेर सदरमुकाम आवत जावत गर्न बाध्य भएका छन ।

बाढी पहिरोले बाटो घाटोमा क्षति पुग्दा पैदल हिड्न समेत अप्ठेरो भएको छ । असारको सुरुकै वर्षाले ग्रामीण सडकहरू बन्द भइसकेका छन् । सडक तथा पैदल हिड्ने बाटोमा बाढी र पहिरोले धेरै ठाउमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

वर्षाका कारण सडकमा पहिरो खस्दा यस क्षेत्रमा स्थानीय बासिन्दाहरू गाउ देखि जिल्ला सदरमुकाम खलंगा जान समस्या झेल्न बाध्य भएका हुन् । यसबारे स्थानीय सरकारलाई खसेको पहिरो पञ्छाई आवत जावतमा सहजता ल्याउन भनिए पनि चासो नदेखाएको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.