कञ्चनपुरमा प्रेस चौतारीको प्रशिक्षण कार्यक्रम भयो

प्रेस चौतारी नेपाल कञ्चनपुरको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार महेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रम प्रेस चौतारी कंचनपुरका अध्यक्ष लक्ष्मणदत्त पन्तको सभापतित्वमा र प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथीको आसन बाट बोल्दै केन्द्रिय अध्यक्ष बस्नेतले अहिले देशब्यापी रुपमा हुने मंसिर ४ गतेको चुनावमा चौतारीको ध्यान केन्द्रित हुनु पर्ने बताउनु भएको छ ।

प्रेस चौतारीमा आबद्ध पत्रकार, नेकपा एमाले सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै पार्टीलाई बिजयी गराउनका लागि एजेण्डा सेटिङ्ग गर्नु पर्ने कुरा बताउनु भएको छ । नेकपा एमाले कंचनपुरका अध्यक्ष सुरेन्द्र बिष्टले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी शुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रमको सरहानिय गर्दै एक अर्का प्रति सुचना आदान प्रदान गर्नु पर्ने बताउनु भयो ।

बिगतमा भएको कमि कमजोरीलाई सुधार्दै लैजानु पर्ने कुरा समेत बताउनु भयो । यसैगरी माननीय सांसद डा.दिपक प्रसाद भट्टले सामाजिक संजालमा जोडिएर भएपनि पार्टीको प्रचार प्रसार गर्नका लागि प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई उत्प्रेरित गर्नु भएको छ । त्यस्तै केन्द्रिय सचिव लोकचरी कुवरले कंचनपुर बाट शुरु भएको प्रशिक्षण कार्यक्रमलाई ७७ वटै जिल्लामा गरिने जानकारी दिदै आफुले गरेको कमि कमजोरीको आलोचना गर्दै अगाडी बढनु पर्ने कुरा बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.