बैतडीमा भलिबल प्रतियोगिता हुने

बैतडीमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष दशरथचन्द नगरपालिकामा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको मेनेजर तेज बहादुर चन्द ट्रष्टले यो बर्ष देखि पालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको ट्रष्टका सचिव विनोद बहादुर चन्दले बताउनु भयो ।

तिहारपछि भलिबल प्रतियोगिताको आयोजना गरिने र त्यसमा दशओटै पालिकाका टीमको सहभागिता रहने जनाएको छ । मेनेजर तेज बहादुर चन्द स्मृति भलिबल प्रतियोगितामा पहिलो हुने टीमलाई नगद १ लाख २५ हजार पुरस्कार दिइने छ । यस्तै दोश्रो हुने टीमलाई नगद ७५ हजार र तेश्रो हुने टीमलाई नगद ३५ हजार पुरस्कार दिइने ट्रष्टका अध्यक्ष ग्रिस चन्दले बताउनु भयो ।

यस्तै प्रतियोगितामा ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई ५ हजारका दरले नगद पुरस्कार वितरण गरिने ट्रष्टका कार्य समिति सदस्य दिपेन्द्र बहादुर चन्दले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.