कञ्चनपुरमा राजश्व छलीले गर्दा लक्ष्य अनुसारको राजश्व संलन गर्न सकिएको छैन । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पाईएको हो । आन्तरिक राजस्व कार्यालयको तथ्याङ्क अनुसार राजस्व संकलन गर्ने विभिन्न ६ करका शिर्षक मध्ये अन्त शुल्क बाहेक अन्य सबै शिर्षकमा लक्ष्य भन्दा कम मात्रै राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष राजस्व कार्यालय कञ्चनपुरले २ अर्ब, ७१ करोड, १६ लाख ८६ हजार राजस्व संकलन गर्ने लक्ष्य अघि सारेपनि २ अर्ब, ५० करोड, १९ लाख, २३ हजार मात्रै राजस्व संकलन गरेको छ । लक्ष्य अनुरुप २० करोड, ९७ लाख ६३ हजार राजस्व संकलन गर्न नसकेको हो । एक बर्षको अवधिमा ९२।२६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । आयकर, घरभाडा कर,मुनाफाकर, मुल्यअभिबृद्धिकर, अन्तशुल्क कर र शिक्षा कर मध्ये मुल्य अभिबृद्धिकर मात्रै लक्ष्य भन्दा बढि संकलन गरेको छ । धुम्रपान तथा मध्यपान मदिरा जन्य पदार्थमा लाग्ने करमा मात्रै लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । १ अर्ब, २२ करोड, ६८ लाख, ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि १ अर्ब, २२ करोड, ७४ लाख, १९ हजार रुपैया संकलन गरेको छ ।