कञ्चनपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा बिहिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गडडाचौकी नाकामा १९ जना, र महाकाली प्रादेशिक अस्पतालमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिहिबार १ हजार ५ सय ८० जनामा एन्टिजिन परिक्षण गरिएकोमा २३ जनामा पोजेटिभ देखिएको हो । बिहिबार २६ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ८ सय ६५ पुगेको छ ।

जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षण बाट ५ हजार ७६ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षण बाट २ हजार ७ सय ४३ जना गरि ७ हजार ड सय १९ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या १ सय २४ जना रहेको छ भने अहिले सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ सय १२ रहेको छ ।

सम्बन्धित

Comments are closed.