कंचनपुरको मझगँउ विमानस्थल निर्माणले अझै गती लिन सकेन

कंचनपुरको मझगँउ विमानस्थल निर्माणले अझै गती लिन सकेको छैन । विमानस्थल पुर्ननिमार्णको काम जग्गा प्राप्तिमै अल्झेको छ । विमानस्थलको दक्षिण तर्फ रत्न वाटिका र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिन नपाउदा निर्माणले गति लिन नसकेको हो । अहिले विमानस्थलको लम्बाइ करिब १ हजार मिटर छ । उक्त क्षेत्रमा धावन मार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोग चलन गरिरहेको जमिन सहित जोड्दा विमानस्थलको लम्बाइ १५ सय २५ मिटर पुग्छ ।

तर उक्त जमिनको भोगाधिकार विमानस्थलको नाममा नहुदा धावन मार्ग निर्माण समेत प्रभावित हुन थालेको छ । सेनाका मातहतमा रहेको जग्गा पनि विमानस्थललाई दिने सहमति यसअघि भएको थियो । विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले राजनीतिक दलका नेता देखि जनप्रतिनिधि सबैले आ आफ्नो ठाउ बाट पहल गरि रहेको भएपनि ठोस नतिजा आउन नसकेको बताउनु भयो । चार महिना अघि रत्न वाटिका क्षेत्रमा धावन मार्ग निर्माण सुरु गर्दा निकुञ्ज प्रशासनले उपकरण सगै चालकलाई समेत नियन्त्रणमा लिएको थियो ।

मन्त्रालय बाटै जमिनको भोगाधिकार प्राप्त भएपछि निर्माण अगाडि बढाउने सहमति पछि कामदार र उपकरण छाडेको थियो । लामो समय देखि बन्द रहेको विमानस्थल निर्माण गत माघ देखि सुरु भएको हो । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उद्दयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम÷के एस÷उमा एन्ड कम्पनी सग ४५ करोड ६६ लाख रुपैयँमा सम्झौता भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.