कंचनपुरको कालापानीमा एक महिलाको शव फेला परेको छ । शुक्लाफाटा नगरपालिका – ७ कालापानीमा महिलाको शब फेला परेपछि घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । २५ वर्षीया शान्ती देवी धामीको गत श्रावण ३० गते आफ्नै घरको कोठामा शव फेला परेको थियो । शव महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । महिलाको मृत्युको अनुसन्धानका लागि माइती पक्षले किटानी जाहेरी दिएका छन् ।
मृतक महिलाका माइती पक्षले ६ जना विरुद्ध ईलाका प्रहरी कार्यालय झलारीमा किटानी जाहेरी दिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताउनु भयो । के कती कारणले मृत्यु भएको हो भन्दै अनुसन्धान संगै आवश्यक कारवाहीका लागि ६ जना विरुद्ध मृतक धामीका दाइले किटानी जोहरी दिएका हुन् । मृतक महिलाको माईती घर डडेल्धुराको परशुराम नगरपालिका हो । मृतक महिलाको एक छोरा र एक छोरी रहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Comments are closed.