धनगढी उप–महानगरपालिका वडा नम्बर – १८ को वडा कार्यालयमा तालाबन्दी

कैलालीको एक वडा कार्यालयमा आफनो मनमर्जीले कर्मचारी भर्ना गरिएको भन्दै ताबन्दी गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर – १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको हो । वडा कार्यालयले राजनीतिक पूर्वाग्रही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै स्थानीय राजनीतिक दल र स्थानीय वासीले तालाबन्दी गरेका हुन् ।

ज्यालादारीमा कार्यरत कर्मचारी, स्थानीय र नेपाली कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले कार्यालयमा ताला लगाएको सचिव बलदेब ओझाले जानकारी दिनु भयो । वडा कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै तालाबन्दी गरिएको उनले बताउनु भयो ।

कार्यालयमा कार्यरत ज्यालादारी कर्मचारी रामप्रसाद चौधरी र सहवीर खड्कालाई साउन १ गतेबाट हटाएर अरु कर्मचारी राखेको तालाबन्दी गर्ने पक्षको आरोप छ । तर, वडाअध्यक्ष भुवन रिजालले भने नगर सभाको निर्णयले नै ज्यालादारी कर्मचारीलाई हाजिर गर्न नदिइएको जनाएका छन् । यता धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले नगर सभाले गरेको निर्णयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गर्नु गलत भएको बताएका छन् ।

सम्बन्धित

Comments are closed.