दार्चुलामा जिप दुर्घटना, ज्यान गुमाउनेको शव बझाङको बुंगल लगियो

दार्चुलामा जिप दुर्घटनामा ज्यान गुमाउने हरुको शवलाई बझाङको बुंगल नगरपालिका – ८ मा लगिएको छ । बुधबार दिउसो दार्चुलाको शैल्यशिखर नगरपालिका – ६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको थियो । ज्यान गुमाएका पाचै जनाको शव बझाङ सम्म पु¥याउन शैल्यशिखर नगरपालिकाले सहयोग गरेको छ ।

नगरपालिकाले मृतकहरुको शव बझाङ पु¥याउन ५० हजार नगद, ६० लिटर डिजेल र एउटा मिनि ट्रक भाडामा लिई शवहरुलाई पठाएकोे शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीको निजी सचिवालय सदस्य राजेश सिंह बिष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा बुंगल नगरपालिका — ८ का हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा र रैभान बोहराको ज्यान गएको हो । यस्तै सोही ठाउकी चम्पा बोहराको पनि ज्यान गएको थियो । उनीहरु रोजगारीका लागि दार्चुला हुदै भारत जान लाग्दा उल्लानीमै अस्ताएका हुन् । एकै गाउका पँच जनाको मृत्युभएपछि बुङगलमा बज्रपात परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.