थारु समुदायमा धुमधामका श्री कृष्णजन्माष्टमी पर्व मनाइदै

थारु समुदाय पनि धुमधामका साथ कृष्णजन्माष्टमी अर्थात अष्टीम्की पर्व मनाई रहेका छन । कैलाली कंचनपुर लगायत पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायका युवा युवतीहरु शुक्रबार बिहानै स्नान गरी भाले बास्नु भन्दा पहिले दरभात अर्थात भन्सरीया भात खाएर दिनभरी भगवान श्रीकृष्णको ब्रत बसेका छन् ।

थारु समुदायमा शुक्रबार साझ भगवान श्रीकृष्णको पुजापाठ गरी रातभरी जाग्राम बस्ने गर्दछन भने भगवान श्रीकृष्ण सम्बन्धि गित गाएर रमाइलो गर्ने प्रचलन रहेको छ । शनीबार बिहानै फेरी श्रीकृष्णको पुजापाठ गरी फरहार गर्ने अर्थात पाच या सात प्रकारको तरकारी, भात, फलफुल, सेलरोटी लगायतका खानेकुराको परिकार फुफु , दिदी बहिनीहरुको लागि छुट्याएर अग्रासन दिन जाने अर्थात कोसेली दिन जाने प्रचलन रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.