बाजुराको बडिमालिका नगरपालिकाले फाईजर खोप लगाउने

बाजुराको बडिमालिका नगरपालिकाले फाईजर खोप लगाउने भएको छ । नगरपालिका भित्रका कविब ३ हजार ३० बाल बालिकाहरुलाई फाईजर विरुद्धको खोप लगाइने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बाल बालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताउनु भयो । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप लगाउने योजना रहेको र नौ ओटै वडामा रहेका बिद्यालय र स्वास्थ्य संस्थामा उक्त खोप लगाउने उहँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.