नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्लाको पहिलो दल

स्थानीय तह निर्वाचनमा बिजयी प्राप्त गरेको पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्लाको पहिलो दल मानिन्छ । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले संग सहकार्य गरेको उन्मुक्ति पार्टीले आम निर्वाचनमा भने एक्लै निर्वाचन लड्ने तयारी गरेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले कुनै पनि दल संग गठबन्धन वा चुनावी तालमेल नगरी निर्वाचनमा भाग लिने बताउनु भयो । उनका अनुसार कैलालीमा अहिले सम्म कुनै पनि दल बाट आधिकारीक रुपमा सहकार्यको प्रस्ताव पनि आएको छैन ।

प्रतिनिधि सभाको पँच र प्रदेश सभाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको प्रवक्ता पण्डितको भनाइ छ । कैलालीमा स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभामा समेत नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्ने दाबी उनको छ । प्रतिनिधिसभामा चार सिट ल्याउने उहाले जिकिर गर्नु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.