कञ्चनपुरको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका पूर्व प्रमुख मेडिकल अधिकृत डाक्टर गगन चौधरी सम्मानित हुनु भएको छ् । जिल्ला समन्वय समिति कञ्चनपुरले विश्व मानवीय दिवस–२०७९ मा कोभिड १९ महामारीमा डा. चौधरीले पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । चौधरीलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
समन्वय समिति कञ्चनपुरको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन एन एस डब्लु ए) तथा डिसी ए नेपालको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कोभिड १९ महामारी तथा बिपदको समयमा मानव सेवामा समर्पित ३४ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । कार्यक्रममा अधिकांश वक्ताहरुले आम मानिसले मानवीय धर्मको रक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।
पछिल्लो समयमा समाजमा मानवीयता लोप हुदै गएकोमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख देबराज पाठकले दुख ब्यक्त गर्नु भयो । उनले महामारी तथा बिपदको समयमा सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्नु भयो । समाजमा शान्ति र अमन चयन मानबियताको संरक्षण र बिकासले मात्रै हुने उहाले बताउनु भयो ।