कञ्चनपुर स्थित डिभीजन वन कार्यालयले ५ लाख बढी विरुवाहरु उत्पादन गरेको छ । आ.व २०७८÷७९ मा ५ लाख ७० हजार बोट उत्पादन गरी लक्षित समुदाय संस्थाहरुलाई वितरण गरेको हो । आफनो वार्षिक कार्यक्रम अन्र्तगत कार्यालयले गत आर्थिक वर्षमा ५ लाख ७० हजार बोट उत्पादन गरेको डिभीजन बन कार्यालयका सुचना अधिकारी शिबराज अवस्थीले जानकारी दिनुभयो ।
वन कार्यालयले नर्सरी बोट तर्फ लिपटीश, टिक, अमला, गोलाई, मोर, शीसम तथा डालेघास तर्फ बन्यानो, बिमल ,कोइरालो, टापि, टिम्बु र बहुबर्षेमा रक्तचन्दन, असोक, गोल्ड, महर, हर्रे, बास, सालको बोटहरु उत्पादन गरेको थियो । यसैैगरी फलफूल तर्फ अँप, लिचि, कागती, अम्बा, अनार, कटहरका बोट उत्पादन गरेकोे अवस्थीले बताउनु भयो ।
बन कार्यालयले यो आर्थिक वर्षमा १ लाख २५ हजार बोट उत्पादन गरेको र १ लाख १५ हजार बोट वितरण गरि सकेको र १० हजार बोट बाकी रहेको बन कार्यालयका सुचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । निशुल्क रुपमा बिभिन्न किसान, संघ संस्था, सामुदायिक वनहरुलाई विरुवाहरु वितरण गरिएका हुन् ।