राष्ट्रिय भूमि आयोग बैतडी द्धारा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोग बैतडीले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाचामा निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार बैतडीको छ वटा पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन आग्रह गरेको छ । मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउपालिका, सिगास गाउपालिका र सुर्नया गाउपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो । पञ्चेश्वर गाउपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ ।

डिलाशैनी गाउपालिका, दोगडाकेदार गाउपालिका र दशरथचन्द नगरपालिका संग भने सम्झौता गर्न नै बँकी रहेको ऐरको भनाइ छ । जमिन नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलन मार्फत आवदेन सङ्कलन गरिने छ । आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ । यो संगै बैतडीका छ सहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.