राष्ट्रिय भूमि आयोग कञ्चनपुर द्धारा कार्य प्रगती विवरण प्रस्तुत

राष्ट्रिय भूमि आयोग कञ्चनपुरले आईतवार पत्रकार सम्मेलन गरी आफनो कार्य प्रगती विवरण प्रस्तुत गरेको छ । जिल्लामा रहेका नौ वटै पालिकामा भएका सुकुम्बासी, अबव्यस्थीत बसोबासी, भुमिहिन दलितले दिएको आवेदनको बारेमा जानकारी दिईएको छ ।

जिल्लामा रहेका नौ वटै पालीका मध्ये सबैभन्दा बढी आवेदन कृष्णपुर नगरपालिकाको रहेको छ । जहाँ १५ हजार ३ सय २१ जनाको आवेदन परेको छ । यसैगरी, भीमदत्त नगरपालिकाको ८ हजार १ सय १८, दोधारा चाँदनी नगरपालिकामा ३ हजार ७ सय ९७, वेदकोट नगरपालिकामा ९ हजार ८ सय २९ जनाले आवेदन दिएका छन् ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकामा ११ हजार ८ सय ३६, पुनर्वास नगरपालिकामा ६ हजार ९ सय १०, बेलौरी नगरपालिकामा ५ हजार ५ सय ३१, बेलडाँडी गाउपालिकामा ४ हजार ६ सय ८०, लालझाडी गाउपालिकामा ३ हजार ८ सय ७९ जनाको आवेदन परेको छ । विगतका आयोगले गरेको अधुरा काम सेतो पूर्जावाला ४ हजार ९ सय ९४ जनाको काम पनि अब छिट्टै सुरुवात गरिने राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले जानकारी दिनु भएको छ ।

प्रत्येक नगरपालिका र गाँउपालिकाको सम्बन्धीत वडाको सिट नम्वर र नक्शा नम्वर नापी कार्यालयले प्रमाणित गरेपछि मात्र लालपूर्जा वितरणको कार्य हुने बताउनु भयो । साथै वेदकोट नगरपालिकाको हकमा वडा नम्वर ९ मा प्रमुख जिल्ला अधिकारीको रहोवरमा मात्र नापी हुने आयोगका अध्यक्ष ढुंगानाले बताउनु भयो । छुटपुट भएका सुकुम्बासी, अबव्यस्थीत बसोबासी, भुमिहिन दलितहरुलाई आवेदन दिन आयोगले आग्रह गरेको छ । आवेदकहरुले दिएको निवेदन कम्प्युटरमा दाखिला भएपछि मात्रै निस्शा वितरण गरिने जनाउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.