कञ्चनपुरमा १३ जनामा कोरोना पुष्टि

कञ्चनपुरमा आईतवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सिमाना गडडाचौकी नाकामा ४ जना, र शुक्लाफाँटा नगरपालिकामा १ जना, कृष्णपुर नगरपालिकामा ४ जना, र पुर्नवास नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइतबार ३ सय ८६ जनामा एन्टिजिन परिक्षण गरिएकोमा १३ जनामा पोजेटिभ देखिएको हो । आइतबार १९ जनाले कोरोना जितेर घर फर्किएका छन भने, अहिले सम्म कोरोनालाई जित्नेको संख्या ४ हजार ९ सय १५ पुगेको छ ।

जिल्लामा अहिले सम्म एन्टिजिन परिक्षण बाट ५ हजार ९१ र हेल्थ डेस्क गडडाचौकी नाकामा एन्टिजिन परिक्षण बाट २ हजार ७ सय ६७ जना गरि ७ हजार ८ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८९ जना रहेको छ भने, अहिले सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ सय १२ रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.