सुदुरपश्चिममा पेट्रोलियम पदार्थको अभाव

सुदूरपश्चिम सहित कञ्चनपुरमा पेट्रोल अभाव देखिन थालेको छ । सुदूरपश्चिमका तेल डिपोमा पछिल्लो समय तेल डिलरहरुले तेल खरिद गर्न बन्द गरेपछि कञ्चनपुर सहित सुदूरपश्चिममा तेल अभाव देखिएको हो । जिल्लामा रहेका ठुला तेल डिपोमा पेट्रोल छैन भन्ने बोर्डनै लगाएर व्यावसायीहरुले पेट्रोल अभावको संकेत गरि रहेका छन् ।

शनिवार र आईतवार सम्म बजारमा रहेका पेट्रोल पम्पहरुमा तेलको अभाव रहेको छ । सरकारले तेलको दर घटाउने हल्ला चलेपछि तेल डिलरहरुले अहिले तेल खरिद नगरेको भएर अभाव भएको नेपाल आयल निगम कैलालीका प्रमुख राम कुमार न्यौपानेले जानकारी दिनु भयो ।

अहिले केही दिनको लागि तेल मौज्दातमा कमी रहेको छ । र बिहीवार देखी तेल डिलरहरुले खरिदमा कमी गरेपछि मौज्दातमा पनि कमी भएपछि अहिले पेट्रोल अभाव भएको उहँले बताउनु भयो । भारतमा १० देखी १२ गाडीमा मात्रै तेलको व्यवस्था भएको र आईतबार सम्ममा १२ वटा गाडी नेपाल आईपुग्ने भएकोले केही दिन भित्रै पेट्रोल सबै ठाँउमा पुग्ने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अहिले सुदूरपश्चिम भरीमा ९२ वटा तेलको डिपो रहेका छन् भने कञ्चनपुरमा २२ वटा रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.