बेलौरीमा पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको छ । शनिवार बेलौरी नगरपालिका १० भुडामा गएराती घर र पसलमा चोरी भएको हो । स्थनियहरुको घरमा चोरी हुन थालेपछि गाँउलेहरु त्रसित भएका छन् । किराना पसल, साईकल पसल र घरबाट जे पायौ त्यही उठाएर लैजाने गरेको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
किराना पसल संचालक खडक सिंह पालको पसल बाट पेय पदार्थहरु नगद पैसा, साईकल पसल संचालक सोभित चौधरीको पसल बाट सामानहरु, कृमलाल चौधरीको घर बाट, सुन, मोवाईल गरी करिब ५० हजार चोरी गरेको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो ।
यस्तै, स्थानिय सुन्दरलाल चौधरी, लालबहादुर शाहीको घरबाट पनि नगद रकम करिब ५० हजार चोरी भएको पाईएको उहाले बताउनु भयो । प्रहरीले चोरी गर्नेहरुलाई खोजी तलाशी गरि रहेको बताउनु भयो ।