कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने वादी समुदायका घर परिवारलाई खाना र बस्नको समस्यामा रहेको छ । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलका वादी समुदायहरु गाँस, बास र कपासको पुर्ति नहँुदा समस्यामा परेका हुन् ।
दोधारा चाँदनी नगरपालिकामा सरकारले गरीब तथा विपन्न परिवारलाई भनेर आवास कार्यक्रम वितरण गर्दै आए पनि झण्डै ८ घरधुरी बसोबास गर्दै आएको बडवाल टोलका बादी समुदायमा भने त्यसको कुनै असर परेको देखिँदैन । गाँस र कपासको समस्या मात्र नभई बस्नका लागि वर्षा याममा त्रिपाल मुनी रात काट्नु पर्ने हँुदा निकै समस्या हुने गरेको बडवाल टोलका बादी घर परिवारका मुखिया बिरभाने बादीले बताउनु भयो ।
देशमा नयाँ शासन व्यवस्था आए पनि उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् । वादी समुदायलाई एक छाक टार्न समेत धौधौ भएका बेला सरकारले आवासको मात्रै भए पनि व्यवस्था व्यवस्था गरि दिए आफुहरुलाई निक्कै राहत हुने उनीहरुको भनाई छ ।
गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ –एन एन एस डब्लु ए) ले दिएको त्रिपालको सहारामा दिन काट्दै आएको बादी घरपरिवारका मुखिया बिरभाने बादीले दुखेसो पोखे । ‘त्रिपालको सहारामा दिन काट्दै आएका छौं, छानो बनाएको त्रिपाल रातीको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ् ।’
बादी परिवारको अर्का बादी रेशम बादीले भने । राम्रो बास स्थान नभएको कारण अहिलेको वर्षात कसरी काट्ने हो भन्ने उनिहरुमा चिन्ता छाएको छ्
Comments are closed.